सोमबार, भदौ २ गते २०८२ Aug 18 2025 Monday
images
images

चितवनमा बढ्दो चिन्ता चोरी र लागुऔषध अपराधमा बालबालिकाको प्रयोग तीव्र


  • 262
    SHARES
  • https://www.indrenipost.com/posts/9882
    भदौ २, २०८२ सोमबार
    चितवनमा बढ्दो चिन्ता चोरी र लागुऔषध अपराधमा बालबालिकाको प्रयोग तीव्र

    चितवन, २ भदौः चितवनमा पछिल्लो एक वर्षमा ८६ बालबालिका विभिन्न आपराधिक गतिविधिमा संलग्न भई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका १०–१८ वर्ष उमेर समूहका बालबालिकामध्ये चोरी र लागुऔषध मुद्दामा संलग्न संख्या उल्लेख्य रहेको छ ।
    प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार पक्राउ परेकामध्ये २६ जना सार्वजनिक कसूर÷अभद्र व्यवहार, २२ जना चोरी, २१ जना लागुऔषध, सात जना ज्यान मार्ने उद्योग, पाँच जना जबरजस्ती करणी, दुई जना जबरजस्ती करणी उद्योग, दुई जना सवारी ज्यान र एक जना साइबर अपराधमा संलग्न रहेका छन् ।
    प्रहरीले पछिल्ला दिनमा विशेषगरी चोरी र लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग बढ्दो क्रममा रहेको जनाएको छ । सामान्य पैसा दिएर अपराधमा सहभागी गराउने गरेको प्रहरीले बताएको छ ।
    चोरीका घटनामा तराईमूलबाट बालबालिका ल्याई प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । प्रहरीले यस्ता बालबालिकालाई प्रयोग गर्ने मुख्य व्यक्तिलाई समेत पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij