शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको सम्भावना


  • 523
    SHARES
  • https://www.indrenipost.com/posts/9909
    भदौ ६, २०८२ शुक्रबार
    गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ६ भदौः गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आज भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । वर्षाका कारण पहिरो, गेग्रान बहाव डेब्रिज फ्लो तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेग र लुम्बिनीका तराई क्षेत्रमा समेत मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना छ ।
    यस्तै, आज राति पनि देशका पहाडी भागमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षा हुने र गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने उल्लेख गरिएको छ ।
    महाशाखाले वर्षाका कारण यातायात प्रभावित हुन सक्ने, पहाडी भूभागमा पहिरो खस्ने र नदी–खोलामा बाढी आउने जोखिम उच्च हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij