शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

कालीगण्डकी करिडोर राक्सेमा पहिरोले अवरुद्ध


  • 496
    SHARES
  • https://www.indrenipost.com/posts/9913
    भदौ ६, २०८२ शुक्रबार
    कालीगण्डकी करिडोर राक्सेमा पहिरोले अवरुद्ध

    गुल्मी, ६ भदौः राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । बाटो बन्द भएको जानकारी पाएसँगै पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन गरी डोजरलगायत उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन ।
    सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यात्रुहरू भने अन्य विकल्प खोज्दै हिँड्न बाध्य भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij