काठमाडौँ, ६ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुँदैछ ।
समूह चरणको अन्तिम खेल अन्तर्गत आज हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खलामा सहभागी ११ टोलीमध्ये नेपाल हाल अङ्क तालिकाको सातौँ स्थानमा छ ।
नेपाललाई सेमिफाइनल प्रवेशका लागि पाकिस्तानलाई हराउनु अपरिहार्य बनेको छ । यसै कारण आजको खेल नेपालका लागि निर्णायक हुने देखिएको छ ।