शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

कालीमाटी बजारमा आज सागसब्जी र फलफूलको थोक मूल्य विवरण


  • 271
    SHARES
  • https://www.indrenipost.com/posts/9914
    भदौ ६, २०८२ शुक्रबार
    कालीमाटी बजारमा आज सागसब्जी र फलफूलको थोक मूल्य विवरण

    काठमाडौँ, ६ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी, फलफूल, मसला र विशेष वस्तुहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले बजारमा कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गर्दै उपभोक्तालाई जानकारी गराएको छ ।
    समितिका अनुसार, गोलभेँडा नेपाली ठूलो प्रतिकिलो रु ९०, आलु रातो भारतीय रु ३१, प्याज भारतीय रु ४४, गाजर लोकल रु १३०, काउली स्थानीय रु १३५, भन्टा डल्लो रु ६०, बोडी तने रु ११०, पालुङ्गो साग रु १२०, र च्याउ डल्ले रु ४०० तोकिएको छ ।
    फलफूलमा स्याउ फुजी रु ३२०, केरा दर्जन रु १५०, अनार रु ३६०, सुन्तला भारतीय रु ३५०, नास्पाती चाइनिज रु २५०, किबी रु ४०० र आभोकाडो रु ३५० प्रतिकिलो कायम गरिएको छ ।
    मसला तथा अन्य विशेष वस्तुमा अदुवा रु १२०, खुर्सानी हरियो रु ५०, खुर्सानी अकबरे रु २५०, लसुन चाइनिज रु २१०, पुदिना रु ७००, हरियो धनियाँ रु ५०० प्रतिकिलो तोकिएको छ ।
    माछा तथा विशेष वस्तुमा ताजा माछा रहु रु ३३०, ताजा माछा छडी रु २४०, माछा सुकेको रु १००० र सिताके च्याउ रु १००० प्रतिकिलो कायम गरिएको छ ।
    समितिले उपभोक्तालाई आफ्नो दैनिक आवश्यक वस्तु खरिद गर्दा बजार दरको जानकारी राख्न र अत्यधिक मूल्य बढोत्तरीबाट बच्न सचेत रहन सुझाव दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij