शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

वाग्मतीमा जलसतहले सतर्कता तह नाघ्यो, नदी किनारमा सावधानी अपनाउन आग्रह


  • 415
    SHARES
  • https://www.indrenipost.com/posts/9911
    भदौ ६, २०८२ शुक्रबार
    वाग्मतीमा जलसतहले सतर्कता तह नाघ्यो, नदी किनारमा सावधानी अपनाउन आग्रह

    काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढ्दै गएको छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे वाग्मती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।
    विभागले नदी किनार हुँदै यात्रा गर्ने, तटीय क्षेत्रमा बसोबास वा क्रियाकलाप गर्नेहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । निरन्तर वर्षाका कारण जलसतह अझ बढ्न सक्ने भन्दै थप सतर्कता अपनाउन समेत विभागले सचेत गराएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij