शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

आजदेखि प्रदर्शनमा तीन चलचित्र


  • 424
    SHARES
  • https://www.indrenipost.com/posts/9916
    भदौ ६, २०८२ शुक्रबार
    आजदेखि प्रदर्शनमा तीन चलचित्र

    काठमाडौँ, ६ भदौ : नेपाली चलचित्र क्षेत्रमा आजदेखि तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ विभिन्न कथावस्तु र पात्रमार्फत दर्शकलाई आकर्षित गर्ने विश्वास चलचित्रकर्मीलाई छ।

    ‘माग्ने राजा’
    साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढाव देखाइएको कथामा केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा छन्। हास्यसँगै सामाजिक विषय उठाइएको चलचित्रमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ।

    ‘ताराहरू’
    किशोर मनोविज्ञान र मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेको चलचित्रमा आशान्त शर्माको निर्देशन छ। मृत्युपछि जीवनसँग जोडिने युवक र अधवैँसे महिलाबीचको कथा प्रस्तुत गरिएको छ।

    ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’
    अभिनेता विजय बरालको मुख्य भूमिकामा आधारित यस चलचित्रमा बुबाको सपना पूरा गर्ने पात्र प्रस्तुत गरिएको छ। हिमाल न्यौपानेको निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली लगायत कलाकारको अभिनय छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij