शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

७४ जिल्लामा डेङ्गी सङ्क्रमण, दुई जनाको मृत्यु


  • 370
    SHARES
  • https://www.indrenipost.com/posts/9921
    भदौ ६, २०८२ शुक्रबार
    ७४ जिल्लामा डेङ्गी सङ्क्रमण, दुई जनाको मृत्यु

    काठमाडौँ, ६ भदौः देशभर डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७४ जिल्लाका ३ हजार २४७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा मात्रै २११ जना नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको ज्यान गइसकेको छ ।
    प्रदेशगत सङ्ख्यामा गण्डकी प्रदेशमा सबैभन्दा बढी ९१४ जना सङ्क्रमित छन् । त्यस्तै बाग्मतीमा ६७५, कोशीमा ५६८, लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेस प्रदेशमा ६२ जनामा डेङ्गी देखिएको छ ।
    पानी जम्ने ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेबाट फैलिने डेङ्गी नियन्त्रणका लागि सरकारले हरेक शुक्रबार “लामखुट्टे खोज तथा नष्ट अभियान” सञ्चालन गर्दै आएको छ ।
    गत वर्ष डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिँदा १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना संक्रमित भएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij