शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ घाइते


  • 397
    SHARES
  • https://www.indrenipost.com/posts/9917
    भदौ ६, २०८२ शुक्रबार
    बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ घाइते

    ढोरपाटन बागलुङ, ६ भदौः बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्ला अन्तर्गत गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटनामा परेको हो ।
    इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीका अनुसार, हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नम्बरको भ्यान तीव्र गतिका कारण दुर्घटनामा परेको थियो ।
    दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि गलकोट नगर अस्पतालमा भर्ना गरिएको छ ।
    प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ र सुरक्षित रूपमा गाडी सञ्चालन गर्न स्थानीयलाई सचेत गराएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij