सोमबार, भदौ ९ गते २०८२ Aug 25 2025 Monday
images
images

‘नाडा अटो शो’मा एक लाख ६० हजार दर्शकको सहभागिता


  • 550
    SHARES
  • https://www.indrenipost.com/posts/9945
    भदौ ८, २०८२ आइतबार
    ‘नाडा अटो शो’मा एक लाख ६० हजार दर्शकको सहभागिता

    काठमाडौँ, ८ भदौ । भृकुटीमण्डपमा सम्पन्न १७औँ संस्करणको ‘नाडा अटो शो’मा एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उद्घाटन गरेको यस प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष राखिएका थिए ।
    यस वर्षको अटो शोमा ३० नयाँ उत्पादन प्रदर्शनमा राखिएका थिए । उड्ने कार र रोबोट अवलोकनकर्ताका मुख्य आकर्षण बने । पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी तथा सर्वसाधारणले विशेष चासोका साथ प्रदर्शनी अवलोकन गरेका थिए ।
    समापन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनीकक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गरेका छन । उनले अटोमोबाइल मुलुकमा सबैभन्दा बढी राजस्व आर्जन गर्ने र उपभोक्ता जोडिएको क्षेत्र भएकाले यस्ता प्रदर्शनी महत्वपूर्ण हुने बताए । साथै, नेपालले वातावरणमैत्री सवारीसाधन उत्पादन गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।
    नाडाका अध्यक्ष करणकुमार चौधरीले प्रदर्शनीलाई भविष्यको नेपाल निर्माणतर्फको विश्वासको ढोका भएको भन्दै नयाँ प्रविधि र उपकरण उत्पादनमार्फत समृद्धिको यात्रामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन ।
    यस पटकको प्रदर्शनीमा विद्युतीय सवारीसाधन, पाटपुर्जा, टायर र लुब्रिकेटलगायत सामग्री प्रदर्शनमा राखिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij