काठमाडौँ, ८ भदौः हरितालिका तीजका व्रतालु महिलाको सहज दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिर बाहिर चार र भित्र आठ लाइनको व्यवस्था मिलाएको छ ।
कोषले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुला हुने, स्वयंसेवक, सुरक्षा, ट्राफिक, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको विशेष व्यवस्था हुने जनाएको छ ।
यस वर्ष तीज सोमबार दर खाने दिनसँगै सुरु हुने, मंगलबार मुख्य दिन, बुधबार गणेश चौथी र बिहीबार सप्तऋषि पूजापछि समापन हुने कार्यक्रम रहेको कोषले जनाएको छ ।