सोमबार, भदौ ९ गते २०८२ Aug 25 2025 Monday
images
images

लहानमा मुटु अस्पताल कम शुल्कमै गुणस्तरीय सेवा विस्तार


  • 271
    SHARES
  • https://www.indrenipost.com/posts/9953
    भदौ ९, २०८२ सोमबार
    लहानमा मुटु अस्पताल कम शुल्कमै गुणस्तरीय सेवा विस्तार

    सिरहा, ९ भदौः लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि बहिरङ्ग ओपीडी सेवा सुरु गरेको अस्पतालले न्यूनतम शुल्कमा परीक्षण उपलब्ध गराउन थालेको हो ।
    अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जयप्रसाद साहका अनुसार काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु १,५०० पर्ने ‘इको’ परीक्षण लहानमा केवल रु १,००० मै गरिनेछ । अन्य परीक्षण शुल्क पनि कमै हुने बताइएको छ । हालसम्म २,३०० भन्दा बढी बिरामीले सेवा लिइसकेका छन् भने दैनिक १० जनाभन्दा बढी बिरामी आउँछन् ।
    लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा सार्वजनिक जग्गामा अस्पताल सञ्चालनमा छ । सोही जग्गामा ५ सय शय्याको अस्पताल बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । निकट भविष्यमा २५ शय्याको ‘आईसियु’ र ‘सिटी स्क्यान’ सेवा सुरु गर्ने तयारी गरिएको छ ।
    यो अस्पताल नेपाल हृदय रोग निवारण सङ्घ अन्तर्गत सञ्चालनमा ल्याइएको हो । सङ्घका कार्यकारी अध्यक्ष तथा जर्मनीस्थित वरिष्ठ मुटुरोग विशेषज्ञ डा. बालकृष्ण ओग्र्यानकै पहलमा ‘नेपाल मेड ई भि’ र ‘रोटरी क्लब कटबस’ जस्ता दुई जर्मन संस्थाबाट करिब रु २ अर्ब बराबरको सहयोग जुटाइएको हो ।
    अस्पताल प्रशासनका अनुसार प्रचार–प्रसारमा कमी भए पनि स्थानीयको साथ, सहयोग र विश्वासले यो अस्पताल प्रदेश–२ कै उत्कृष्ट स्वास्थ्य संस्था बन्ने विश्वास लिइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij