सोमबार, भदौ ९ गते २०८२ Aug 25 2025 Monday
images
images

होटल सञ्चालक पक्राउ, जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोप


  • 1000
    SHARES
  • https://www.indrenipost.com/posts/9950
    भदौ ८, २०८२ आइतबार
    होटल सञ्चालक पक्राउ, जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोप

    जनकपुर, ८ भदौः महिलालाई आर्थिक प्रलोभन देखाइ जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरधाम–२३ का होटल सञ्चालक अजिज राइनलाई पक्राउ गरेको छ । ४५ वर्षीय राइनविरुद्ध पीडित परिवार र मानव अधिकारकर्मीले उजुरी दिएपछि प्रहरीले कारबाही अघि बढाएको हो ।
    प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार राइनविरुद्ध मानव बेचविखन तथा यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । उनले प्रमाण सङ्कलन कार्य जारी रहेको जनाएका छन ।
    यसैबीच, राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ । आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको भन्दै आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको जानकारी दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij