सोमबार, भदौ ९ गते २०८२ Aug 25 2025 Monday
images
images

महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई अत्यावश्यकबाहेक विदा रोक्ने निर्णय


  • 460
    SHARES
  • https://www.indrenipost.com/posts/9952
    भदौ ९, २०८२ सोमबार
    महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई अत्यावश्यकबाहेक विदा रोक्ने निर्णय

    वीरगञ्ज पर्सा, ९ भदौः महामारी नियन्त्रणका उद्देश्यले स्वास्थ्य जनशक्ति अभाव हुन नदिन जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले अत्यावश्यक बाहेक स्वास्थ्यकर्मीलाई विदा स्वीकृत नगर्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठक निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको नेतृत्वमा  सम्पन्न भएको हो । उक्त बैठकमा के निर्णय भयो भन्ने प्रश्नअनुसार, यहाँ फैलिएको झाडापखाला र हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै स्थानीय तहका स्वास्थ्यकर्मीलाई आवश्यक परेमा केन्द्रिकृत रूपमा तोकिएका स्वास्थ्य संस्थामा खटाइने भएको छ ।
    बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसाद सिंह पनि सहभागी रहेका थिए । बैठकले महामारी रोकथामका लागि के(के गर्ने भन्ने विषयमा छलफल गर्दै, तत्कालै आवश्यक सामग्री व्यवस्थापन गर्ने, माइकिङ, घरदैलो कार्यक्रम र सचेतना जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
    यस्तै, समितिले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अतिरिक्त जनशक्ति तथा स्रोत साधनलाई ‘पुल’ प्रणालीमार्फत जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिबाट वितरण, व्यवस्थापन र अनुगमन गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
    अन्त्यमा, हाल फैलिरहेको महामारीको  विषयमा अनुसन्धान कसले गर्ने भन्नेबारे पनि स्पष्ट गरिएको छ । सोअनुसार, ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’ गर्ने जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइएको छ भने त्यसका लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij