चन्द्रपुर रौतहट, ८ भदौः रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक डिएसपी राजु कार्कीका अनुसार शव माधवनारायण नगरपालिका–२ माधोपुरकी ३० वर्षीया रुविकुमारी साहको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साह भारतको मुजफ्फरपुर घर भए पनि हाल माइती माधोपुरमा आमासँग बस्दै आएकी थिइन् ।
शनिबार राति करिब १०ः३० बजे डोरीले बाँधिएको अवस्थामा सुटकेसभित्र शव भेटिएको हो । प्रहरीले शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको जनाएको छ ।