मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सुदूरपश्चिमका ६४ उजुरीमाथि अख्तियारद्वारा विस्तृत अनुसन्धान सुरु


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9958
    भदौ ९, २०८२ सोमबार
    सुदूरपश्चिमका ६४ उजुरीमाथि अख्तियारद्वारा विस्तृत अनुसन्धान सुरु

    भीमदत्तनगर कञ्चनपुर, ९ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा परेको ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ ।
    महेन्द्रनगरस्थित आयोगको क्षेत्रीय कार्यालयका सूचना अधिकारी चेतराज भट्टका अनुसार गत आर्थिक वर्षमा मात्रै एक हजार ६९६ उजुरी परेको थियो । त्यसमध्ये ४८९ अघिल्लो वर्षबाट सरेका र ११९८ नयाँ दर्ता भएका हुन् ।
    जिल्लागत तथ्याङ्कअनुसार सबैभन्दा बढी ४०४ उजुरी कैलालीका छन् भने सबैभन्दा कम ११० उजुरी डडेल्धुराका छन् । त्यस्तै, कञ्चनपुरमा २४६, अछाममा २१०, बाजुरामा १९५, बझाङमा ११७, डोटीमा १०४, बैतडीमा १६१ र दार्चुलामा १४९ उजुरी दर्ता भएका छन् ।
    हाल विस्तृत अनुसन्धानमा रहेका उजुरीमध्ये अछाम र बैतडीका १३÷१३, बाजुरा, बझाङ र कञ्चनपुरका छ÷छ, कैलालीका नौ, दार्चुलाका सात, डोटीका तीन र डडेल्धुराको एक उजुरी रहेका छन् ।
    अनियमितता प्रमाणित भएमा आयोगले विशेष अदालतमा मुद्दा दायर गर्ने जनाएको छ । आयोगका अनुसार करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । धेरै उजुरी आशङ्का वा व्यक्तिगत टकरावका आधारमा आउने भएकाले आवश्यक प्रमाण नपुगे प्रारम्भिक छानबिनमै फछ्र्योट हुने गरेको छ ।
    गत आवमा दर्ता भएका उजुरीमध्ये एक हजार २३४ फछ्र्योट भएका छन् । यसमध्ये ४८१ स्क्रिनिङ्गबाट, ७५३ प्रारम्भिक छानबिनबाट फछ्र्योट भएको छ । त्यस्तै, ७३५ उजुरी तामेलिमा पठाइएका, दुई उजुरी सुझावसहित तामेली, २६० उजुरी सम्बन्धित निकायलाई पठाइएका र १७२ अन्यमा गाभिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij