मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

ट्रमा सेन्टरमा दुरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सुरु


  • 469
    SHARES
  • https://www.indrenipost.com/posts/9961
    भदौ ९, २०८२ सोमबार
    ट्रमा सेन्टरमा दुरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सुरु

    काठमाडौँ, ९ भदौः राष्ट्रिय ट्रमा सेन्टरले इन्डोस्कोपिक स्पाइन सर्जरी दुरविन प्रविधिबाट हुने मेरुदण्डको शल्यक्रिया सुरु गर्ने भएको छ । यस प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई सजिलो हुने, रक्तस्राव कम हुने, ठूलो घाउ नपर्ने र अस्पताल बसाइ छोटिने लाभ हुने बताइएको छ ।
    सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले उपकरण आइसकेको र चीनमा तालिम प्राप्त गरेका तीन चिकित्सकमार्फत यही महिनादेखि सेवा सुरु गर्ने तयारी भएको जानकारी दिएका छन । यसअघि सेन्टरमा नशा च्यापिएको अवस्थामा माइक्रोस्कोपिक सर्जरी हुँदै आएको थियो ।
    डा. रिजालका अनुसार सरकारले तोकेको एक लाख रुपैयाँमै बिरामीलाई यो जटिल र महँगो सेवा उपलब्ध गराइनेछ । वरिष्ठ हाडजोर्नी शल्य रोग विशेषज्ञ डा. राजेश चौधरीले मेरुदण्ड दुखाइमा इन्जेक्सनमार्फत अस्थायी उपचार गर्ने चलन रहे पनि दीर्घकालीन समाधान शल्यक्रियामार्फत मात्र सम्भव हुने बताए ।
    अन्य शल्यक्रिया र सेवा सेन्टरमा घुँडा र हिपको जोर्नी प्रत्यारोपण नियमित रूपमा हुँदै आएको छ । हप्तामा १०–१५ वटा जोर्नी फेर्ने शल्यक्रिया हुने गरेको छ । खेलकुद वा चोटपटकका कारण नशा च्यातिने, ढाडमा चोट लाग्ने, टाउकोमा चोट, हाडजोर्नी तथा मासुको ट्युमरको पनि शल्यक्रिया यहाँ हुने गरेको छ ।
    यसै वर्षदेखि एमआरआई सेवा सुरु गर्ने तयारी भइरहेको छ ।
    पुनःस्थापना केन्द्रको आवश्यकता उपचारपछि बिरामीलाई स्थानान्तरण गर्ने पुनःस्थापना केन्द्र नभएकाले अस्पतालमा लामो बसाइ हुने समस्या रहेको सेन्टरले जनाएको छ । हाल बिरामीको औसत बसाइ ९ दिन भए पनि पुनःस्थापना केन्द्र भए तीन–चार दिनमै डिस्चार्ज गर्न सकिने डा.रिजालले बताए ।
    यसका लागि सेन्टरले ललितपुरको गोदावरीमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइरहेको र तत्काल भाडामा लिएर भए पनि केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ ।
    अस्पतालको क्षमता सेन्टरमा अहिले ११ शय्याको सघन उपचार कक्ष आइसियु, आठ शय्याको हाइडिपेन्डेन्सी युनिट र पाँचवटा मोड्युलर शल्यक्रिया कक्ष सञ्चालनमा छन् । दैनिक करिब ५०० बिरामी उपचारका लागि आउने गरेका छन् । आर्थिक वर्ष २०८१।८२ मा एक लाख १४ हजार ८०० बिरामीको उपचार भएको र तिनमध्ये ७ हजार ८१७ जनाको शल्यक्रिया गरिएको सेन्टरले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij