मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते


  • 406
    SHARES
  • https://www.indrenipost.com/posts/9960
    भदौ ९, २०८२ सोमबार
    पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते

    लेखनाथ कास्की, ९ भदौः पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा यात्रुबाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् ।
    मणिदीपबाट काहुँखोलातर्फ जाँदै गरेको ग१ख ४०२७ नम्बरको माइक्रोबस आज बिहान सडकको दायाँतर्फको भित्तामा ठोकिँदा दुर्घटना भएको स्थानीयले बताएका छन् । घाइतेलाई तत्काल उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ ।
    अस्पतालका अनुसार घाइतेमध्ये टङ्कप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छ भने अन्य सबैको अवस्था सामान्य छ । उपचारपछि चालक तेजबहादुर मगरसहित ११ जना डिस्चार्ज भइसकेका छन् ।
    डिस्चार्ज हुनेमा चन्द्रबहादुर आले, सिम्रन बराल, मनमाया सुनार, कविता पाण्डे, एञ्जल परियार, नानुमाया परियार, रचना बराल, दिव्यान बराल, शरद बराल र पदमराज बराल रहेका छन् ।
    त्यसैगरी अञ्जली परियार, अनिता सापकोटा, अम्बिका ढकाल, सुष्मा परियार, सुप्रिया परियार, मनशोभा परियार, कोपिला बराल, टङ्कप्रसाद देवकोटा, मधु अधिकारी, चन्द्र पराजुली, पार्वती बराल र जमुना बराल भने हालसम्म अस्पतालमै उपचाररत छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij