बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

ठगीको अभियोगमा दुई पक्राउ


  • 460
    SHARES
  • https://www.indrenipost.com/posts/9970
    भदौ १०, २०८२ मंगलबार
    ठगीको अभियोगमा दुई पक्राउ

    काठमाडौँ, १० भदौः वैदेशिक रोजगारीका नाममा रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा स्याङ्जा, पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।
    प्रहरीका अनुसार सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ लाख उठाएका थिए भने योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट रु ६ लाख लिई सम्पर्कविहीन भएका थिए ।
    पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सुसनलाई आइतबार काठमाडौँ महानगरपालिका–९ बाट र योगेन्द्रलाई सोमबार काठमाडौँ महानगरपालिका–१० बाट पक्राउ गरेको हो ।
    दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij