बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

नेप्से परिसूचकमा सामान्य सुधार


  • 280
    SHARES
  • https://www.indrenipost.com/posts/9974
    भदौ १०, २०८२ मंगलबार
    नेप्से परिसूचकमा सामान्य सुधार

    काठमाडौँ, १० भदौः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ । परिसूचक ४.८३ अङ्कले बढेर २,७६६.०९ बिन्दुमा पुगेको छ ।
    नेप्सेका अनुसार आज ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४५ हजार ११६ पटक किनबेच हुँदा करिब रु ४ अर्ब १८ करोड ५३ लाखको कारोबार भएको छ ।
    उपसमूहगत सूचकमा लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा घटेका छन् भने अन्य सबै समूहमा वृद्धि भएको छ । विकास बैंक ०.९६ प्रतिशतले बढेर अगाडि रह्यो भने अन्य समूह १.४२ प्रतिशतले उक्लिएको छ ।
    आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कुमारी सबल योजनाको शेयर भने सबैभन्दा बढी ३.६६ प्रतिशतले घटेको छ ।
    कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी रु ४८ करोड ९५ लाखभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो । कारोबार संख्याका हिसाबले हिमालयन ८०–२० को ६.५२ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij