बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

तयारी नपुगेपछि एमाले केन्द्रीय कमिटी बैठक स्थगित


  • 361
    SHARES
  • https://www.indrenipost.com/posts/9973
    भदौ १०, २०८२ मंगलबार
    तयारी नपुगेपछि एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौँ, १० भदौः नेकपा एमालेले यही भदौ १३ गतेका लागि तोकिएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
    ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक तयारी अपूरा भएकाले सारिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । विधान संशोधनमा सुझाव संकलन जारी रहेकाले प्रतिवेदन प्रस्तुत गर्ने तयारी अधुरो भएको र चाँडै नयाँ मिति तोकिने पनि उाले बताएका छन ।
    एमालेले दोस्रो विधान महाधिवेशनको तयारीस्वरूप बैठक बोलाएको हो । विधान संशोधन प्रस्तावमाथि सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समय दिइएको थियो ।
    महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुने छ । सो महाधिवेशनमा २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजकसहित २,३९२ जनाको सहभागिता रहने जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij