बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

एकै महिनामा झापाबाट एक अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात


  • 361
    SHARES
  • https://www.indrenipost.com/posts/9980
    भदौ ११, २०८२ बुधबार
    एकै महिनामा झापाबाट एक अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    भद्रपुर झापा, ११ भदौः चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिनामा काँकडभिट्टा भन्सार नाकाबाट पेट्रोलियम पदार्थको आयात एक अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत वर्षको सोही अवधिसँग तुलना गर्दा यो ३.६० प्रतिशत करिब पाँच करोड २२ लाख ले बढी हो । आयातमा सामान्य वृद्धि भए पनि राजस्व संकलन भने ११.८० प्रतिशत करिब सात करोड ९१ लाख ले बढेको छ । यस अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कुल ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
    अलग–अलग वस्तुको विवरण हेर्दा
    पेट्रोल रु ७७ करोड ३ लाख बराबरको ८ हजार ९०४ किलोलिटर
    डिजेल रु ४४ करोड ११ लाख बराबरको ४ हजार ६७६ किलोलिटर
    एलपी ग्यास रु २० करोड ३ लाख बराबरको १ हजार ९३३ मेट्रिक टन
    एटीएफ विमान इन्धन रु ७ करोड ३ लाख बराबरको ७९२ किलोलिटर
    मट्टितेल रु १ करोड १३ लाख बराबरको १२८ किलोलिटर
    यसरी पहिलो महिनामै पेट्रोलियम पदार्थ आयात र राजस्व दुवैमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij