बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते


  • 514
    SHARES
  • https://www.indrenipost.com/posts/9981
    भदौ ११, २०८२ बुधबार
    सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    बनियानी झापा, ११ भदौः झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको हो ।
    दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र ९ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइते चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
    यसैबीच दुर्घटनामा संलग्न पिकअप गाडी र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij