सिन्धुपाल्चोक, ११ भदौ चौतारा साँगाचोकगढी–१, गुन्सास्थित विमला श्रेष्ठको पशुपन्छी फार्ममा बिहान करेन्ट सर्ट भएर आगलागी भएको छ । आगलागीमा फार्मका ५० वटा बाख्रा मरेका छन् भने ६ घाइते र २९ सकुशल रहेका छन् ।
आगो निभाउने क्रममा ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन् । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार स्थानीयवासीको सहयोगमा प्रहरी टोलीले आगो नियन्त्रणमा ल्याएको थियो ।
फार्ममा जम्मा ८५ वटा बाख्रा थिए ।