शुक्रबार, साउन ३० गते २०८२ Aug 15 2025 Friday
images
images

समाचार

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने कांग्रेसको निर्णय


  • 604
    SHARES
  • https://www.indrenipost.com/posts/7204
    फागुन २७, २०८० आइतबार
    राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

    नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले फागुन २९ गते हुने निर्वाचनका लागि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

    यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपनि नयाँ उम्मेदवार खडा गरिएको बताइएको छ ।

    सिटौलालाई भने सभापति शेरबहादुर देउवाले कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरेका छन् । निर्वाचनमा हालको सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij