मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

ज्ञानेन्द्र के बुद्धि भएका मान्छे होलान्, त्यस्तालाई कमाण्डर बनाउने : प्रचण्ड

  • 487
    SHARES
  • https://www.indrenipost.com/posts/8587
    चैत २०, २०८१ बुधबार
    ज्ञानेन्द्र के बुद्धि भएका मान्छे होलान्, त्यस्तालाई कमाण्डर बनाउने : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बयलगाढावाला सिद्धान्तको मान्छे भएकाले गणतन्त्रको रक्षा गर्न सम्भव नभएको बताएका छन् ।

    अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रकै भएकाले अभियान छाडेर काठमाडौंमा कार्यक्रम गरेको बताए । उनले समाजवादी मोर्चाले चैत १५ गते करिब एक लाख जनता सडकमा उतारेपछि पुरै संसारले आश्चर्य मानेर हेरेको बताए ।

    उनले माओवादीसहित मोर्चाले एक लाख जनता सडकमा उतार्दा पनि अनुशासित र संयमित भएर भव्य कार्यक्रम गरेकोप्रति पनि धेरैले आश्चर्य मानेको बताए ।

    उनले भने, ‘त्यही दिन राजावादीहरुले पनि हाम्रो कार्यक्रमसँग जुधाएका थिए । ज्ञानेन्द्र शाहकै प्रत्यक्ष संलग्नतामा। ज्ञानेन्द्रलाई मनपर्ने मान्छे, जसलाई आन्दोलन र त्यो दिनको कमाण्डर बनाए, दुर्गा प्रसाईं एउटा हावा हो भन्ने सबैलाई थाहा छ । उसलाई त के भन्नु छ र ज्ञानेन्द्रको बुद्धि के के बुद्धि भएको मान्छे होला। त्यस्तालाई बनाउन हुन्छ कमाण्डर रु अनि जे हुनुथियो त्यही भयो। हत्या, हिंसा लुटपाट, तोडफोड जनताले पनि देखें ।’

    उनले १५ गतेको कार्यक्रमपछि दुर्गा प्रसाईं नभइ ज्ञानेन्द्र नांगेझार भएको टिप्पणी गरे। ज्ञानेन्द्रको यस्तै बुद्धि भएर दरबार हत्याकाण्ड, मुर्ति चोरीलगायतको घटना भएका तर्क गरे। उनले विदेशीले पैसा पठाइदिएको भरमा राजतन्त्र फर्काउँछु भन्दै भन्ने षड्यन्त्र सफल नहुने बताए ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij