काठमाडौँ, २ भदौः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ९.१६ अङ्कले बढेर २,७७०.३९ विन्दुमा पुगेको छ ।
आज ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक किनबेच हुँदा कुल कारोबार रकम रु ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ पुगेको छ ।
उपसमूहमध्ये म्युचुअल फन्ड ०.४९ र अन्य समूह ०.५८ प्रतिशतले घटे पनि बाँकी सबै उपसूचकमा वृद्धि देखिएको छ । बैंकिङ ०.१७, विकास बैंक ०.३१, वित्त ०.०९, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.९७, लगानी ०.४३, जीवन बिमा ०.३२, उत्पादन तथा प्रशोधन ०.४९, लघुवित्त ०.१०, निर्जीवन बिमा ०.३८ र व्यापार समूह १.२९ प्रतिशतले बढेका छन् ।
सबैभन्दा धेरै मूल्य बढ्नेमा युनियन हाइड्रोपावर लिमिटेडको शेयर ६.१० प्रतिशतले उक्लियो भने सबैभन्दा धेरै घट्नेमा सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ४.८१ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो जसको कारोबार रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको भयो । कारोबार संख्याका आधारमा भने लिबर्टी इनर्जी कम्पनी लिमिटेड अगाडि रह्यो जसको ६ लाख २७ हजार १३८ कित्ता शेयर किनबेच भएको छ ।