शुक्रबार, साउन ३० गते २०८२ Aug 15 2025 Friday
images
images

उपनिर्वाचन

कांग्रेसले उपनिर्वाचन उम्मेदवारको टुंगो लगाउँदै


  • 541
    SHARES
  • https://www.indrenipost.com/posts/7513
    चैत २२, २०८० बिहीबार
    कांग्रेसले उपनिर्वाचन उम्मेदवारको टुंगो लगाउँदै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ ।

    यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो ।

    संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन् ।

    शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन् ।

    कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ । यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij