काठमाडौँ, ११ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र गुटबन्दी, अराजकता र अनुशासनहीनता हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन ।
कर्णाली प्रदेशको पूर्ण बैठकलाई आज श्रव्यदृश्य माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको उल्लेख गरे । उनले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायतका निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवार विजयी भएको जनविश्वासको सूचक भएको बताएका छन ।
अध्यक्ष दाहालका अनुसार स्थायी समितिले पार्टीभित्र द्वन्द्व रोक्ने, अनुशासन मजबुत पार्ने र संगठनलाई सुदृढ बनाउने सङ्कल्प गरिसकेको छ । साथै, शिक्षा विधेयक लगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको स्पष्ट अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।