काठमाडौँ, ११ भदौ – दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० १७ वर्षमुनिका महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालले जित्नैपर्ने दबाबमा रहेको यो खेल नेपाली समयअनुसार अपराह्न २ः४५ बजे हुनेछ । गत आइतबार बङ्गलादेशसँगै पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ शीर्ष स्थानमा छ भने छ अङ्कका साथ बङ्गलादेश दोस्रो, तीन अङ्कसहित नेपाल तेस्रो र घरेलु मैदानमै कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ ।
खेल तालिका अनुसार नेपालले अब यही भदौ १३ गते भारत र १५ गते भुटानसँग खेल्नेछ ।