बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

मुस्ताङमा च्याङ्ग्रा जोनमा ७८ फार्म सूचीकृत


  • 955
    SHARES
  • https://www.indrenipost.com/posts/9890
    भदौ २, २०८२ सोमबार
    मुस्ताङमा च्याङ्ग्रा जोनमा ७८ फार्म सूचीकृत

    मुस्ताङ, २ भदौः राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित च्याङ्ग्रा जोन कार्यक्रममा हालसम्म ७८ वटा कृषि तथा पशु फार्म, समूह, सहकारी र निजी कम्पनी सूचीकृत भएका छन् ।
    जिल्लामा करिब ५६ हजार च्याङ्ग्रा भए पनि सूचीकृत फार्ममार्फत १९ हजार ९९४ मात्र च्याङ्ग्रा पालन भइरहेका छन् । यो संख्या जिल्लामा भएका कुल च्याङ्ग्रापालनको करिब ३३ प्रतिशत हो । सूचीकृतमध्ये १२ हजारभन्दा बढी माउ च्याङ्ग्रा रहेका छन् ।
    कार्यालयका प्रमुख भरत गौतमका अनुसार बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका १५ वटा वडाका किसान मात्रै जोनमा आबद्ध छन् । तर घरपझोङ र थासाङ गाउँपालिकाबाट हालसम्म कसैले पनि आवेदन दिएका छैनन् ।
    जोनमा सूचीकृत हुन बाँकी किसानले संस्था दर्ता र स्थानीय तहको सिफारिसमार्फत जुनसुकै बेला नाम दर्ता गर्न सक्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
    मुस्ताङबाट बर्सेनि १० देखि २० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्रीका लागि बाहिर पठाइन्छ । जोनमा आबद्ध किसानका च्याङ्ग्रा वार्षिक करिब पाँच हजार बाहिरिने गरेको तथ्याङ्कमा उल्लेख छ ।
    यहाँका किसानले मुख्यतया मासुका लागि च्याङ्ग्रापालन गर्ने गरेका छन् भने पछिल्लो समय च्याङ्ग्राको रौँबाट पश्मिना उत्पादनतर्फ पनि आकर्षण बढ्न थालेको छ । सूचीकृत किसानलाई विभिन्न शीर्षकमा अनुदान सहुलियत दिइने कार्यक्रम सञ्चालनमा रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, मुस्ताङले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij